मिटर ब्याज पीडितहरूको माग सम्बोधन गर्न वार्ता टोली गठन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

मिटर ब्याज पीडितहरूको माग सम्बोधन गर्नका लागि सरकारले वार्ता टोली गठन गरिएको छ । गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव र उपसचिव रहेको ४ सदस्यीय वार्ता टाली गठन गरिएको हो।

गृह मन्त्रालयका सहसचिव रुद्रदेवी शर्मा, उपसचिव दिलकुमार तामाङ र प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुनका एक जना उपसचिवसहितको वार्ता टोली गठन गरिएको हो ।

वार्ता टोलीले मिटर ब्याज पीडितहरूसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र सो बारेमा प्रधानमन्त्रीलाई ब्रिफिङ गर्नेछन्।

सरकारले असोज १ गते गरेको सम्झौता कार्यान्वयन नभएपछि मिटर ब्याज पीडितहरू फेरि आन्दोलनमा उत्रिनुभएको हो ।

मिटरब्याजपीडित सङ्घर्ष समिति नेपालका अध्यक्ष मनोज पासमानका अनुसार सुदखोरलाई गिरफ्तार। तमसुक व्यवस्था खारेज। मिटरब्याजीको सम्पत्ति छानबिन। सुदखोरले हडपेको सम्पत्ति फिर्ता। यौन शोषक मिटरब्याजीलाई कारबाहीको माग राखेर आन्दोलनमा उत्रा छन् ।

समस्या समाधानको माग राख्दै आज भद्रकालीमा धर्ना दिने बताएका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका