अवैध लागू औषधसहित १० जना पक्राउ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
काठमाडौं

हालै दश जना व्यक्तिहरू अवैध लागू औषधसहित पक्राउ परेका छन् ।

विभिन्न स्थानबाट अवैध लागू औषधसहित उनीहरूलाई प्रहरीहरूले पक्राउ गर्न सफल भएका हुन् ।

सोमबार दिउँसो काठमाडौँ, भजनी नगरपालिका-३ बाट अवैध लागू औषध (खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ मिलिग्राम )सहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन् । टिकापुर नगरपालिका-१ बस्ने २४ वर्षीय दिनेश ढुङ्गाना र २४ वर्षीय युवराज थापालाई इलाका प्रहरी कार्यालय भजनीबाट खटिएका प्रहरीले पक्राउ गरेका हुन् । सूर्यपुर से. ७ प. ३९२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरिएको हो ।

सोमबार साँझ चितवन, राप्ती नगरपालिका-३ मुडेबासका २४ वर्षीय ज्ञान बहादुर प्रजालाई अवैध लागू औषध गाँजा (करिब १० केजी) सहित प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले विशेष सूचनाको आधारमा उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

सोमबार दिउँसो कैलाली, चन्द्रागिरि नगरपालिका-२ नाग ढुङ्गाबाट अवैध लागू औषध गाँजा (१ केजी) सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । प्रहरी विभाग नाग ढुङ्गाबाट खटिएका प्रहरीले धादिङ खनियाबास गाउँपालिका(४ बस्ने २४ वर्षीय राजु तामाङ र धादिङ नेत्राबती नगरपालिका-१ बस्ने १९ वर्षीय नवराज गुरुङ पक्राउ परेका हुन् । धादिङदेखि काठमाडौँतर्फ आउँदै गरेको लु. २ ख. २१४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरिएको हो ।

सोमबार राति मोरङ, रँगेलि नगरपालिका-२ चेका खोलास्थित बाँसघारीबाट अवैध लागू औषध गाँजा (१ सय ५० केजी) सहित २ जनालाई प्रहरीले पक्राउ गरेका छन् । भारत अररिया ठिङ्गापुर पञ्चायत-६ कुवाडी बस्ने २९ वर्षीय दीपक झा र भारत अररिया हाँसा पञ्चायत बस्ने ३० वर्षीय सिन्टुककुमार सिंह पक्राउ परेका हुन् । प्रहरी चौकी अमाहिवरियाती र इलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएका प्रहरीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित फेला पारी पक्राउ गरेका हुन् ।

साथै थप अनुसन्धानको क्रममा रंगेली नगरपालिका-३ रंजनी बस्ने ४६ वर्षीय वीरबहादुर कार्कीको घर नजिक रहेको बाँसघारीमा लुकाई राखेको अवैध लागू औषध गाँजा (करिब ८४ केजी) फेला पारी तीन जनालाई पक्राउ गरेका छन् । वीरबहादुर कार्की सहित भारत कुटहरा बस्ने २४ वर्षीय प्रवीण पासवान र भारत कटापुर बस्ने २४ वर्षीय विष्णु कान्त मिश्र समेतलाई प्रहरीले पक्राउ गरेका हुन् ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका