राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको आयोजनामा १४७ औँ समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।
मङ्गलवार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले उद्घाटन गरी तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले तालिममा प्रदान गरिने व्यावसायिक ज्ञान, सिपलाई प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई हासिल गर्नुपर्नेमा जोड दिए । सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक आवागमनलाई सहज बनाउन यस किसिमको तालिम उपयोगी रहेको उनले बताए ।
यस्तै तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा ३ जना प्रहरी हवलदार, २० जना प्रहरी सहायक हवलदार र ४७ जना प्रहरी जवान गरी कुल ७० जना प्रशिक्षार्थीहरू सहभागी रहेको जानकारी दिएका छन् ।