अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड के।एफ।सी।ले नेपालमा सोह्रौँ शाखा बिस्तार गरेको छ । टोखा नगरपालिका वडा नं १० स्थित नर्थ सिटी मलमा केएफसी नेपालको आधिकारिक फ्रेन्चाइजी देवयानी इन्टरनेशलन नेपाल प्रालिले के।एफ।सी। स्टोर सञ्चालनमा ल्याएको हो ।
केएफसी। रेस्टुरेन्ट विश्वमै सबैभन्दा स्वादिष्ट चिकेनको परिकार उपलब्ध गराउने रेस्टुरेन्टका रूपमा परिचित छ । यस आउट लेटमा केएफसीका विभिन्न चिकेनको परिकार जस्तै Hot and Crispy Chicken, Chicken Popcorn, Chicken Strips लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । कोभिड १९ विरुद्ध शत प्रतिशत खोप लिएका कर्मचारी मार्फत हरेक के।एफ।सी। स्टोरहरू सञ्चालन हुने गर्दछन् ।
यस रेष्टुरामा ग्राहक आफैँले अर्डर गरेर अनलाइन माध्यमबाट रकम भुक्तनी गरी द्रुत सेवासमेत लिन सकिने छ । हरेक ग्राहकले Customer Display Screen बाट आफूले गरेको अर्डर बनिराखेको समेत ट्रयाकिङ्ग गर्न सक्नेछन् । १८०० फिटमा खोलिएको यो रेस्टुरेन्टमा एक पटकमा ५१ जना ग्राहकहरूले सेवा लिन सक्नेछन् ।
रेटुरेन्टले हाल बिहान ११ः०० बजे बाट रातको ११ः०० बजे सम्म डाइन-इन र टेक अवे मार्फत सेवा दिइरहेको छ । साथै फुडमाण्डू, भोज डिल र पठाओ फुडका डेलिभरी सेवा मार्फत घरै बसेर विश्वस्तरिय परिकारको मज्जा लिन सकिनेछ । यस रेष्टुराँले १५ जना लाई प्रत्यक्ष रोजगार दिएको छ ।