प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहीबार मन्त्रिपरिषद् बिस्तारको तयारी गरेका छन्।
बुधवार साँझ बसेको सत्तारुढ नेताहरूको बैठकले मन्त्रालयको सङ्ख्या टुङ्गो लगाएको हो । सोहीअनुसार नेपाली काँग्रेसले ८ मन्त्रालय‚ नेकपा माओवादी केन्द्रले ५, जसपाले २ र एकीकृत समाजवादीले २ मन्त्रालय पाउने सहमति भएका छन् ।
त्यस्तै जसपाले अहिले १ मन्त्रालय‚ लोसपाले १, नागरिक उन्मुक्ति पार्टीले १, नेपाल समाजवादी पार्टीले १ र आम जनता पार्टीले १ मन्त्रालय पाउने भएका छन्।
सत्ता गठबन्धनमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय जनमोर्चा भने सरकारमा सहभागी नहुने भएको छ।
प्रधानमन्त्रीले करिब एक महिनादेखि १६ मन्त्रालय हेर्दै आएका छन्।
सत्ता गठबन्धनमा रहेका १० मध्ये ९ दल सरकारमा सहभागी हुने निर्णय भएको जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले बताए ।