गौरीशङ्करको विष्णुश्वरीमा सुरेल भाषामा पठनपाठन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
14 Shares
दोलखा
इदैनिकखबर

दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नं. ५ सुरेल बस्तीस्थित विष्णुश्वरी आधारभूत विद्यालयमा सुरेल भाषामा पठनपाठन भइरहेको छ । गत असारदेखि भाषा संरक्षणको लागि सूर्च लो (हाम्रो भाषा) नामक पाठ्यक्रम तयार पारी पठनपाठनको गरिरहेको हो ।

शिक्षक प्रमीला सुरेलका अनुसार सुरेल जातिको भाषा लोप हुँदै गएको र यस विद्यालयमा अधिकांश सुरेल विद्यार्थी रहेकाले पढाई सञ्चालनमा ल्याएको बताइन् ।

कक्षा १ देखि ५ सम्मका बालबालिकाहरूलाई स्थानीय भाषामा पाठ्यक्रम तयार पारि पढाई सुरु गरिएको विषय शिक्षक घनश्याम सुरेलले जानकारी दिए । उनका अनुसार यस विद्यालयमा सुरेल जातिका विद्यार्थीहरू १६ जना छन् । आफ्नै भाषामा पढाई हुन थालेपछि केही मात्रा भए पनि भाषामा वृद्धि आएको अनुमान गरिएको छ ।

पुरानो पुस्ताले मात्र भाषा बोल्ने गरेको र अहिलेका युवा पुस्ताले बिस्तारै भाषा बोल्न छाडेपछि लोप हुने अवस्थामै पुगेको स्थानीय तीर्थबहादुर सुरेलले बताए ।

‘पछिल्लो अवस्थामा युवा पुस्ताले अन्तरजातीय विवाह गर्ने होडबाजी नै चलेको छ’‚ शिक्षक सुरेलले भने‚ ‘अन्तरजातीय विवाह गर्न थालेपछि भाषा लोप हुँदै गएको छ । विद्यालयमा पढाउन थालेपछि केही मात्रामा भाषा संरक्षण हुने विश्वास छ ।’

केही वर्ष अघिको डाटा अनुसार अन्य जातिबाट सुरेलले विवाह गरेका २० जनाभन्दा बढी छन् । त्यस्तै सुरेलहरू पनि अन्य जातिसँग विवाह गरेर गएका ११ जनाभन्दा बढी छन् । लगभग २२५ जना जनसङ्ख्या रहेका सुरेलहरू अन्तरजातीय विवाहका कारण भाषा लोप भएको मुख्य कारण ठानेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका