रसुवागढी नाका खुलेसँगै व्यवसायीमा बढ्यो उत्साह र खुसी

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
266 Shares
रसुवा

रसुवागढीको दुई तर्फी आवतजावत गर्ने नाका खुलेसँगै व्यापारी व्यवसायीहरू माझ उत्साह र खुसी बढेको छ । कोभिडका कारण ३ वर्षदेखि बन्द रहेको अन्तर्राष्ट्रिय व्यापारिक नाका शनिवार खुलेपछि आवतजावत गर्न पाउने भएको हो ।

गाडी चालक, सहचालकले रोजगारी पाउने, व्यवसायीहरूले पनि गाडी भाडा राम्रो पाउने, सीमा वरपरका स्थानीयसमेत पुल पारी केरुङ गएर सामान ल्याई व्यापार गर्न सकिने हुँदा सबै उत्साहित भएका हुन् ।

रसुवा गढी नाका सञ्चालन आएसङै करिब ४ हजार रसुवा बासिन्दाले रोजगारी पाउने छन् । २०७६ माघ १५ मा ल्होसार पर्व तथा हिउँ परेका कारण केरुङ बन्द थियो । त्यसको केही महिनापछि कोरोना सङ्क्रमण फैलिएपछि पूर्ण रूपमा नाका बन्द नै भएको थियो । धेरै मानिसहरू बेरोजगार बने कतिको गाडीको किस्ता तिर्न नसक्दा गाडी नै लिलाम हुने अवस्था र कति लिलाम नै भइसकेका थिए ।

दुवै तर्फ आवतजावत हुने भएपछि सबैले समान रूपले काम गर्न पाउनेमा कामदार तथा गाडी व्यवसायीहरू ढुक्क छन् । रसुवा जिल्ला भित्रबाट केरुङसम्म पुगेर समान ढुवानी गर्ने ५ सय कन्टेनर रहेका छन् ।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका