पेट्रोलियम पदार्थको मूल्य घट्यो‚ डिजेलमा १० र पेट्रोलमा ३ रुपैयाँ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
147 Shares
काठमाडौं

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल‚ मटीतेल र हवाई इन्धनमा १० रुपैयाँ र पेट्रोल ३ रुपैयाँ घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजल र मट्टितेलको बिक्री मूल्य प्रतिलिटर १ सय ६५ रुपैयाँ कायम भएको छ। आन्तरिकतर्फ हवाई इन्धन प्रतिलिटर १ सय ६० रुपैयाँमा बिक्री हुनेछ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य घटेर आएसँगै निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाउने निर्णय गरेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका