मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसक्यो : मुख्यमन्त्री पोखरेल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
राँझा

प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले मुलुक विकासको प्रक्रियामा प्रवेश गरिसकेको बताएको छ । नेपाल पत्रकार महासङ्घ प्रदेश ५ समितिले बाँकेको गाभरभ्यालीमा शुक्रबार आयोजना गरेको पर्यटन प्रवद्र्धनमा सञ्चारको भूमिका अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सो विचार व्यक्त गरेको हो ।

उनले अहिलेको अवस्था निराशाजनक हुँदै होइन भन्दै हाम्रो सोच मात्रै निराशाजनक भएको बताए । ‘विगतमा मुलुकको कूल गार्हस्थ्य उत्पादनको वृद्धि दर औसतमा ४ प्रतिशतभन्दा तल थियो, संविधान जारी भइसकेपछि गार्हस्थ्य उत्पादनको औसत वृद्धिदर ६ प्रतिशतभन्दा माथि छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘तर, समाजलाई हामी यो पनि भएन त्यो पनि भएन भनेका छौँ ।’ उनले सरकारले राम्रा काम गर्दागर्दै पनि नकारात्मक कुरा मात्रै गर्ने प्रवृति हाबी भएको उल्लेख गरे ।

प्रदेश ५ सातवटै प्रदेशमध्ये कानून र योजना बनाउने विषयमा अग्रणी रहेको उल्लेख गर्दै उहाँले कूल गार्हस्थ्य उत्पादन वृद्धि दरका हिसाबले नेपालमा प्रदेश ५ सबैभन्दा माथि रहेको दाबी गरे । मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश ५ को कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर ७ दशमलव ७ छ यो उच्चतम वृद्धि दर हो, सबै मिलेर अघि बढ्यौँ भने हामी उदाहरणीय बन्न सक्छौँ ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका