दाङबोला ग्युइठिम तामाङ सांस्कृतिक कार्यक्रम हुने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
651 Shares
काठमाडौं

चैत्रपुर्णेको अवसरमा दाङवोला ग्युइठिम तामाङ सङ्घद्वारा बौद्ध तेमाल जात्राको अवसरमा परम्परागत दाङबोला ग्युइठिम तामाङ सांस्कृतिक कार्यक्रम गरी मनाउने तयारी गरेको छ।

बुधवार बौद्ध गेट अगाडि फुटबल मैदानमा बौद्ध तेमाल जात्रामा मौलिक सांस्कृतिक प्रस्तुतिहरू हुनेछन् ।

कार्यक्रममा जिल्ला जिल्लाबाट तामाङ मौलिक जुहारी, ताम्बा लगायतका विभिन्न प्रस्तुतिहरू हुने आयोजक संस्थाका अध्यक्ष मिङ्मार तामाङले जानकारी दिए ।

कार्यक्रमलाई गोकर्णेश्वर नगरपालिकाबाट संयोजक र व्यवस्थापन गरिएको छ ।

चैत पूर्णेमा तामाङ समुदायले आफ्नो पितृको नाममा बत्ती बाली लामागुरुहरुद्वारा ङोवा (पूजापाठ) गरी मनाउने प्रचलन छ ।

काठमाडौँ उपत्यकाका तीन जिल्लालगायत रामेछाप, सिन्धुपाल्चोक, मकवानपुर, दोलखा, सिन्धुलीबाट जात्रामा उल्लेख्य सहभागिता हुने गर्दछन् ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङ रहनेछ भने नेपाल प्रहरीमा भर्खरै बढुवा भएका एआइजी टेक तामाङ लगायत विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूलाई बधाई तथा सम्मान गरिने आयोजकले जनाएका छ ।

तपाईको प्रतिक्रिया