नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ दोलखाको अध्यक्षमा अनिल तामाङ चयन भएको छ । तामाङलाई मंगलबार नेपाली कांग्रेसका दोलखा पार्टी कार्यालयमा एक कार्यक्रम गरि अध्यक्ष चयन गरेको हो ।
त्यसैगरी महासंघ दोलखाको उपाध्यक्षमा कृष्णकुमार तामाङ, राजेश श्रेष्ठ, सचिवमा प्रदिप तामाङ, नवराज योन्जन तामाङ, सहसचिव राजकुमार श्रेष्ठ, निमागेली शेर्पा र कोषाध्यक्षमा लिलादेबी जिरेल चयन गरेका छन् ।
सदस्यहरु क्रमशः राजेश योन्जन, दिपक श्रेष्ठ, होमबहादुर मगर, विष्णु थामी, कविराज कुसुले, काजी गोले, गोमा थामी, टासी शेर्पा, बालकुमारी तामाङ, सुवास तामाङ, सागर जिम्बा, प्रेम जिरेल, सुनमाया तामाङ, कृष्णप्रसाद बहादुर तामाङ र सीता श्रेष्ठ रहेका छन् ।
तदर्थ समिति दोलखा महासंघका पदाधिकारीहरुलाई नेपाली काँग्रेसका जिल्ला सभापति बर्मा लामाले खादा र अबिर लगाएर पुर्णता दिएका हुन् । कार्यक्रम महाधिवेशन प्रतिनिधि बाबुकाजी बस्नेत र उर्मिला कार्की लगायत अन्य बिशिस्ट व्यक्तित्व समेत उपस्थिति रहेको थियो ।