रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा फैलिएको लामटाङ राष्ट्रिय निकुञ्जमा ४ महिनाको लागि माहाहन्ट अप्रेसन सञ्चालन भएको छ ।
बाह्रै महिना संरक्षणका कार्यहरू भईरहेपनि यो चार महिना विशेष निगरानी गरी गस्ती हुने निकुञ्जले जनाएको हो ।
हरेक वर्ष झैँ यस वर्ष पनि यही फागुन १ देखि २०८० को जेठ मसान्तसम्म जैविक विविधता का साथै वन्यजन्तु संरक्षण र वन्यजन्तुको चोरी सिकारी नियन्त्रण गर्नका लागि रसुवाको लोकल, नुवाकोटको नेगि, सिन्धुपाल्चोकको बैकुन्ठेमा नेपाली सेना र निकुञ्जका कर्मचारीहरू विशेष गस्ती हिँडेका छन् ।
यस निकुञ्ज चैत १ गते देखि २१ गतेसम्म १ हजार ३ सय ३६ जना आन्तरिक तथा बाह्य पर्यटक र भरियाहरू घुम्नको लागि आएका थिए । उनीहरूबाट राजश्व ७ लाख ८ हजार उठेको छ ।
सतहदेखि १ हजार मिटर देखि ७ हजार २ सय ४५ मिटरसम्म फैलिएको यस राष्ट्रिय निकुञ्ज जैविक विविधता को भण्डार मानिन्छ । रसुवा ५७ प्रतिशत नुवाकोट ७ प्रतिशत सिन्धुपाल्चोक ३६ प्रतिशत भाग मा रहेको लामटाङ राष्ट्रिय निकुञ्ज १ हजार ७ सय १० वर्ग मिटर मा फैलिएको छ ।