महासंघले माध महिनामा नेवाःताम्सालिङ जागरण अभियान सञ्चालन गर्ने

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

नेपाल आदिवासी जनजाति महासंघ नेवाःताम्सालिङ (प्रदेश नं. ३) समन्वय परिषद्को पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।

परिषद्का अध्यक्ष काजीमान थिङको अध्यक्षतामा शुक्रबार काठमाडौंमा सम्पन्न पहिलो पूर्ण बैठकले प्रथम अधिवेशनको समिक्षा गर्दै जिल्ला इन्चार्जहरु समेत तेकेका छन् ।

बैठकले अधिवेशन सम्पन्न गर्न महत्वपूर्ण योगदान पुर्याएका नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्, जातीय संस्थाहरु, युवा, विद्यार्थी तथा कलाकार र झाँकी व्यवस्थापकहरुलाई धन्यवाद तथा आभार प्रकट गरेका छन् ।

त्यसैगरी बैठकले आर्थिक सहयोग उपलब्ध गराउने स्थानीय सरकार गाउँपालिका, नगरपालिका, संघ÷संस्था तथा व्यक्तिहरुलाई पनि धन्यवाद व्यक्त गरेका छन् ।

अध्यक्ष थिङका अनुसार भक्तबहादुर हायू (सिन्धुली), धनबहादुर माझी (रामेछाप), सुर्यमाया दनुवार (काभ्रे), घनबहादुर भुजेल (रमेश) (मकवानपुर), सुमन राई (ललितपुर), प्रदिप लिम्बु (काठमाडौं), कृषला नगरकोटी पहरी (भक्तपुर), जिमि लामा ह्योल्मो (सिन्धुपाल्चोक) र गोपाल गुरूङ (धादिङ) का जिल्ला इन्चार्ज तोकेका छन् । बैठकले रसुवा, नुवाकोट, दोलखा र चितवनको भने अध्यक्ष थिङलाई इन्चार्जको जिम्मेवारी दिएको छ ।

बैठकले जिल्ला इन्चार्जहरुको जिम्मेवारी समेत तोकेको अध्यक्ष थिङले सैलुङअनलाइनलाई जानकारी दिए । ‘इन्चार्जहरुले अधिवेशन गर्न बाँकी रहेका जिल्ला तथा स्थानीय तहहरुको आगामी मंसिर महिनाभित्र अधिवेशन सम्पन्न गर्न पहल लिइने छ ।’ उनले भने, ‘अधिवेशन सम्पन्न भएपछि पौष एक महिना प्रशिक्षण र माघ महिनाभरी नेवाःताम्सालिङ राजनीतिक जागरण अभियान सञ्चालन गरिने छ ।’

बैठकले महासंघको पदाधिकारी तथा सदस्यमा प्रतिनिधित्व हुन छुटेका जातीय सदस्य संगठनहरुलाई नियम बमोजिम प्रतिनिधि पठाउन पत्रचार गरिने निर्णय समेत भएको पनि अध्यक्ष थिङले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका