आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
35 Shares
काठमाडौं

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।

शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिवार हुने शाखाको २३ औँ साधारण सभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उनी पत्रकार महासङ्घ केन्द्रीय समितिका पूर्व अध्यक्षसमेत हुन् ।

नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोराले काठमाडौँ शाखाको शंखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको हामीलाई जानकारी दिए ।

सो पुरस्कार आगामी शनिवार हुने शाखाको २३औँ साधारण सभामा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका