नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति ललितपुरको अध्यक्षमा साहिला तामाङ निर्वाचित भएको छ ।
शनिवार चापागाउँ बज्राबराही पार्टी प्यालेसमा सम्पन्न सातौ जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् ।
समितिको उपाध्यक्ष त्रय सुमन तामाङ, मिङमा तामाङ र छिरिङ लामा रहेका छन् । यस्तै सचिव ज्ञानबहादुर थिङ‚ सह सचिव विजय डिम्डुङ‚ कोषाध्यक्ष सरोज स्याङतान चयन भएका छन् ।
यसै गरी सदस्यहरू विजय तामाङ‚ अमर तामाङ‚ मानबहादुर नेगी‚ ज्यामाङ लामा‚ जङ्गबहादुर लामा‚ हिरामाया तामाङ‚ लोसाङ तामाङ‚ सुस्मा तामाङ‚ बाबुलाल तामाङ‚ कमल थिङ र राजकुमार गोले रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य उदय शमशेर राणा‚ अतिथिहरू प्रदेश सभा सदस्य उर्मिला कुमारी लामा, कोञ्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामा, जसपा केन्द्रीय सदस्य उत्तम लामा तामाङ‚ सङघिय तामाङ घेदुङका वरिष्ठ उपाध्यक्ष रामकृष्ण लामा (इन्द्र)‚ उपाध्यक्ष सञ्चु ब्लोन, सचिव बेल बहादुर लुङ्वा, पत्रकार सङ्घको जिल्ला अध्यक्ष प्रकाश थिङ‚ घेदुङ बागमती प्रदेशका उपाध्यक्ष मानबहादुर लामा लगायतको उपस्थिति रहेका थिए ।