नक्कली नोटसहित एक जना पक्राउ

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
0 Shares
सर्लाही

नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित ३० वर्षीय राम प्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बलरा नगरपालिका-५ अर्नाहा बस्ने रायलाई सर्लाही, बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट  पक्राउ गरिएको हो ।

बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक राम प्रसादको साथबाट उक्त नोट, कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डलसहित फेला पारी पक्राउ गरिएको हो ।

यस्तै बिआर ३० ए ५९६८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र ईलाका प्रहरी कार्यालय बरथहवाबाट खटिएको प्रहरीले जानकारी दिएका छन् ।

 

तपाईको प्रतिक्रिया

पत्रपत्रिका