आँखा शिविर : ३ दिनमा ७३ को शल्यक्रिया

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
126 Shares
रसुवा

रसुवाको कालिका गाउँपालिकाको कालिका क्याम्पसमा ३ दिने मोतीबिन्दु आँखा शिविर सम्पन्न भएको छ । शिविरमा ७३ जनालाई मोतीबिन्दु देखा परेपछि शिविरमा नै शल्यक्रिया गरिएको थियो ।

तिलगंगा आँखा अस्पतालको आयोजनामा रसुवा सामुदायिक आँखा केन्द्र र रेडक्रस रसुवाको सहकार्यमा शिविर सम्पन्न भएको थियो ।

चैत २३ देखि २६ गतेसम्म सञ्चालित शिविरमा १ सय ५० जना आँखा बिरामीहरूको जाँच गर्दा ७३ जनामा ६० वर्षभन्दा माथिका बृद्वबृद्वाहरू रहेको रेडक्रसका सभापति बाबुलाल तामाङले जानकारी दिए ।

मोतिविन्दुको समस्या देखा परेपछि तिलगंगाको डाक्टर ईलि प्रधानको नेतृत्वका टिमबाट ७३ जनाको शिविरमा नै अप्रेसन गरिएको थियो । शिविरमा पाँच गाउँपालिका भित्रका आँखाका बिरामीहरू रहेका थिए ।

तपाईको प्रतिक्रिया