वाग्मती प्रदेशका अर्थ मन्त्री बहादुरसिंह लामा को हुन् ?

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
252 Shares
हेटौडा

वाग्मती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गरेको  छ । मुख्यमन्त्री जम्कट्टेलले नेपाली काँग्रेसका  संसदीय दलका नेता बहादुरसिंह लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ लामालाई खानेपानी तथा योजना मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।

गठबन्धन टुटफुटको कारण दुई पटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

को हुन् बहादुर सिंह लामा ?

बहादुरसिंह लामा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएको छ। आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

लामा नेपाली काँग्रेस वाग्मती प्रदेशमा संसदीय दलका नेता हुन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रहेका लामा संविधानसभा सदस्य तथा पूर्व सांसद हुन् । लामा २०७० मा भएको दोस्रो संविधान सभाको निर्वाचनमा नुवाकोट क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचित भएको थियो। त्यसै गरी ०७४ को निर्वाचनमा लामा समानुपातिक सांसद बनेको  थियो ।

वाग्मतीका भावी मुख्यमन्त्रीका रूपमा हेरिएका लामा गत निर्वाचनमा नुवाकोट २ को २ बाट निर्वाचित भएको हो । २०२७ असोजमा नुवाकोटको मनकामना गाविस हाल किस्पाङ गाउँपालिकामा जन्मिएका लामा २०४३ सालदेखि राजनीतिमा लागेर नुवाकोटको क्षेत्रीय तथा राष्ट्रिय राजनीतिमा सक्रिय प्रतिभावान नेता हुन् । नेपालमा हाइड्रोको विषयमा निरन्तर बहस गर्दै आएका लामा इमानदार र विकासप्रेमी नेताको रूपमा चिनिन्छ।

यो पनि

तपाईको प्रतिक्रिया

पत्रपत्रिका