वाग्मती प्रदेश सरकारले आइतबार मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री जम्कट्टेलले नेपाली काँग्रेसका तीर्थ लामालाई खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
गठबन्धन टुटफुटको कारण दुई पटक विश्वासको मत लिएका मुख्यमन्त्री जम्मकट्टेलले आइतबार दुई मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्री लामालाई प्रदेश प्रमुख यादव चन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
को हुन् तीर्थ लामा ?
काभ्रे काँग्रेस सभापति तीर्थबहादुर लामा खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा नियुक्त भएको छ। आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
काभ्रे रोशी गाउँपालिका लेखपानीका लामाको जन्म २०३० जेठ २ भएको थियो। काभ्रे १ को २ बाट निर्वाचित प्रदेशसभामा निर्वाचित लामा पञ्चायत व्यवस्थाको आन्दोलन देखिनै राजनीतिमा सक्रिय भएको थियो। २०४९ मा अखिल छैंटौबाट राजनीति थालिएको उनले काँग्रेसले खेलेको भूमिका सम्झिएर २०६४ को पहिलो संविधान सभाको चुनावबाट नेपाली काँग्रेसको राजनीति सुरु गरेका गरिएको हो।
२०७० सालको संविधानसभा निर्वाचनमा उहाँ काभ्रे क्षेत्र नं १ मा काँग्रेसको तर्फबाट निर्वाचित भएको थियो।
यो पनि