एस पार्टी रसुवाका अध्यक्ष देवकोटासहित शीर्ष नेताहरू एमाले प्रवेश

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
259 Shares
रसुवा

नेपाल एकीकृत समाजवादी पार्टी रसुवाका जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटासहित शीर्ष नेताहरू पुरानै पार्टी नेकपा एमालेमा नै फर्किएका छन् । अध्यक्ष देवकोटा सहित अन्य नेता मङ्गलवार पुरानै पार्टी नेकपा एमालेमा आएको बताइएको छ ।

मङ्गलवार बालकोटमा आयोजित एक कार्यक्रमबिच एकीकृत समाजवादी पार्टी जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटा र प्रदेश कमिटी सदस्य भरत विश्वकर्मा तथा जिल्ला समन्वय समितिका ठाकुर पौडेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खादा टिका लगाई एमालेमा प्रवेश गरेका हुन् ।

नेपाल एकीकृत समाजवादी पार्टी देशलाई परिवर्तन गर्ने राजनीतिक विचार योजना कुनै पनि नरहेको तर पद, शक्तिको मात्र भक्त रहेकोले हामी पुरानै पार्टी नेकपा एमालेमै फर्किएका जिल्ला कमिटी अध्यक्ष विष्णु देवकोटाले बताए ।

एमाले मात्र एक सच्चा देशभक्त असल कम्युनिस्ट र देश विकास गर्न सक्ने राजनीतिक विचार र योजना भएको पार्टी भएकोले देशभक्त साथीहरू बिस्तारै अन्य बाँकी साथीहरू पनि एमालेमा फर्किनुको कुनै विकल्प नरहेको जिल्ला कमिटी अध्यक्ष देवकोटाले बताए ।

नेपाल एकीकृत समाजवादी पार्टीका सबै साथीलाई एमालेमा फर्किए सदस्यता नवीकरण गरी पुरानै जिम्मेवारीमा आ-आफ्नो काम गर्न वातावरणको सिर्जना गर्ने नेकपा एमाले, रसुवाका अध्यक्ष कन्र्याल तामाङले बताए ।

बालकोटको पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, केन्द्रीय सदस्य माधव अर्याल, संविधान सभा सदस्य छोवाङतेन्जिङ तामाङ, जिल्ला पार्टी सचिव जर्नादन ढकाल लगायत अन्य जिल्लाका शीर्ष नेताहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया