स्लोभाकिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ गरेको छ ।
मङ्गलवार पाँचथर फागुनन्द गाउँपालिका-३ घर भई हाल ललितपुर, ललितपुर महानगरपालिका- १४ नख्खीपोट बस्ने एकराज नेम्बाङलाई प्रहरीले पक्राउ गरेको हो ।
वैदेशिक रोजगारीको लागि स्लोभाकिया जान प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ, स्लोभाकियामा पुगेपछि कन्स्ट्रक्सन कम्पनीमा वेल्डिङको काम लगाइदिन्छु, मासिक २ लाख रुपैयाँ भन्दा बढी तलब हुन्छ भन्दै प्रलोभनमा पारी ठगिएको प्रहरीद्वारा अनुसन्धानमा खुलेको छ ।
पीडितबाट उक्त रकम ठगी गरी फरार भएका नेम्बाङलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँ गोङ्गबुबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर काठमाडौँ पठाइएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1