रसुवा अस्पताललाई २५ शय्याको बनाउने : मन्त्री युवराज दुलाल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
105 Shares
रसुवा

बागमती प्रदेश भौतिक तथा पूर्वाधार विकास मन्त्री युवराज दुलालले धुन्चेमा रहेको रसुवा अस्पताललाई स्तरोन्नति गरेर २५ शय्याको अस्पताल बनाउन बजेट व्यवस्थापन गरिदिने भएको छ ।

कालिका गाउँपालिका-१ राम्चेमा दुई दिने स्वास्थ्य शिविरको उद्वघाटन सत्रलाई सम्बोधन गर्दै सबै क्षेत्रका नागरिकले गुणस्तरीय स्वास्थ्य जीवनयापन गर्न सकुन् भन्नका लागि धुन्चेमा रहेको रसुवा अस्पताललाई स्तरोन्नति गरेर २५ शय्याको अस्पताल बताइएको हो ।

उनले स्वास्थ्य उपचारको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भनी आर्थिक वर्षको बजेटमा २५ शय्या क्षमताको अस्पताल निर्माण गर्न बजेट व्यवस्थापन गरिदिने बताए ।

उनका अनुसार धुन्चे अस्पताललाई सुधारोन्मुख बनाई दक्ष जनशक्ति र प्राविधिक उपलब्ध गराइने नयाँ स्वास्थ्य सङ्गठनको स्थापना समेत गरिने र पाँच वटै गाउँपालिकाहरूमा रहेको स्वास्थ्य चौकीहरूको समेत स्तरोन्नति गर्ने बताए ।

नेपालको संविधानले स्वास्थ्यलाई नागरिकको मौलिक हकको रूपमा लिएको छ । यसैले सबै ठाउँहरूमा स्वास्थ्यको पहुँच पुर्‍याउन जोड दिनुपर्ने बताए ।

स्थानीय सरकारले नागरिकको आधारभुत स्वास्थ्यको सेवा दिइने‚ प्रदेश सरकारले व्यवस्थापन गर्ने र संघीय सरकारले विशिष्टीकृत स्वास्थ्य सेवा उपलब्ध गराउने संवैधानिक व्यवस्था रहेको पनि उनले जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया