जिल्लामै पहिलो निजी अस्पताल लाङटाङ लिरुङ सञ्चालनमा

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
287 Shares
रसुवा

जिल्लामै पहिलो निजी अस्पताल लाङटाङ लिरुङ शुक्रवारबाट सञ्चालन आएको छ ।

आमाछोदिङ्मो गाउँपालिका र गोसाईंकुण्ड गाउँपालिकाको जनतालाई सहज सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले गोसाईंकुण्ड वडा नं। ५ स्याफ्रुवेशी बजारमा एक कार्यक्रमबिच उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

लाङटाङ लिरुङ अस्पताल प्रा। लि।द्वारा सञ्चालित अस्पतालमा ‘स्वास्थ्य परीक्षण गरौँ, निरोगी र स्वास्थ्य जीवन बाँचौ’ भन्ने मूल नाराको साथ प्रसूति तथा स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण समेत गरिएको थियो ।

अस्पतालका अध्यक्ष डाक्टर जीवन तामाङका अनुसार यो जिल्लाकै निजी स्तरको अस्पताल हो । यहाँ भएका सेवा सुविधाहरू सुलभ र प्रभावकारी हुनेछ ।

नयाँ सालको सुरुवातसँगै जनतालाई सेवा दिनको लागि लिरुङ अस्पतालको उद्घाटन गरेर सबैलाई जानकारी होस भन्नका लागि स्वास्थ्य परीक्षण गरिएको अस्पताल अध्यक्ष डा. तामाङले बताए ।

अस्पतालका अर्का डा. पुनम लामाले वरिष्ठ प्रसूति तथा स्त्री रोग प्रसूति तथा स्त्री रोग सम्बन्धी विभिन्न समस्याहरूको परीक्षण तथा स्क्रिनिङ सेवा प्रदान गरिने जानकारी दिइन् ।

अस्पतालमा ओपिडी सेवा, इमरजेन्सी सेवा भिडियो एक्स-रे, ल्याब टेस्ट र अन्य अस्पतालमा रिफरको राम्रो व्यवस्था रहने अस्पतालले जानकारी दिएको छ ।

अस्पतालको उद्घाटनको दिन ओपिडी सेवा निःशुल्क गराइएको थियो । साथै ल्याब टेस्ट र अल्ट्रा साउन्ड सेवामा २५/२५ प्रतिशत छुट हुने डा.जीवन तामाङले जानकारी दिए ।

आमाछोदिङमो गाउँपालिका वडा नम्बर ४ गोल्जुङका अस्पताल सञ्चालन डा. जीवन तामाङले यस्तो सराहनीय काम गरेकोमा सफलताको शुभकामना दिँदै अस्पतालले जनताको सेवाहरू सहज उपलब्ध गराइनेछ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका