नि:शुल्क स्वास्थ्य शिविरबाट ११ सय ८१ जना लाभान्वित

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
91 Shares
रसुवा

रसुवाको कालिका गाउँपालिका वडा नम्बर १ राम्चेमा वृहत् दुई दिने निःशुल्क स्वास्थ्य शिविरबाट ११ सय ८१ जनाले सेवा लिएका छन् ।

दूर दराजका आम मानिसहरूलाई सहज र सरल तरिकाले स्वास्थ्य चेकजाँच होस र आफ्नो पायक पर्ने ठाउँबाट स्वास्थ्य लाभ लिन सकुन् भन्ने उद्देश्यले शिविर सञ्चालन गरेका थिए ।

वडा नम्बर १ को मुख्य आयोजना र रसुवा स्पोर्ट एकेडेमीको सह आयोजनामा काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगल, लाइफलाइन हेल्थ होम केयर पुलचोकको प्राविधिक सहयोग शिविर सञ्चालन गरेका थिए ।

त्यस्तै मातृका आई सेन्टर काठमाडौँ‚ देउराली युवा क्वव नयाँ बानेश्वर र नेपाल कराँते महासंघ रसुवाको विशेष सहयोगमा चैत २९ र ३० गतेसम्म निःशुल्क स्वास्थ्य शिविर सन्चालन भएको वडा अध्यक्ष दावा तामाङले जानकारी दिए ।

उक्त शिविरमा दक्ष डाक्टर तथा प्राविधिकहरूबाट जनरल मेडिसिन ५ सय ६१ जना, स्त्री रोग १ सय ३७ जना, बाल रोग १३ जना, नाक, कान, घाँटीको १७५ जना, छाला रोग ३० जना, आँखा रोग २ सय १५ जना जनरल शल्यक्रिया ९ जना, दन्त रोग १७६ जना, हाड जोर्नी २ सय ८९ जना, भिडियो एक्स-रे २ सय ५३ जना, ईसिजि१ सय ७५ जना, ल्याब ८४३ जनाले सेवा लिएका थिए ।

वडा कार्यालयको पहलमा भएको शिविर राम्चे ग्राङ पलेप क्षेत्रका आम नागरिकहरूलाई सहज होस भनी राम्चे स्थित पुरानो आर्मी ब्यारेकको चौरमा राखिएको वडाध्यक्ष दावा तामाङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका