प्रकाश सपूतको ‘सकम्बरी’ : गाउँले यूवतीको कथा [भिडियो]

गाउँमा फुलमाया सहरमा सकम्बरी

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
175 Shares
काठमाडौं

गाउँले यूवतीको कथा‘लाज लाग्दैन‚ चोकमा बसेर सिगरेट बेचे जस्तो जवानी । कतिन्जेल हो यो दलदलमा । गालामा रस छउन्जेल मात्र त होला नि यस्तो यस्तो मान्छेहरूसँग हिँड्ने । के फरक छ र तपाई र ती मान्छेहरूमा । तपाईँले मेरो सपनाको फाइदा उठाउनु भयो सस्तोमा पर्नु भो‚ उनीहरूले मेरो अभावको फाइदा उठाए‚ मूल्य तिरे महाङ्गोमा पर्नु भो । फरक यति होइन र ?‘

यो गायक प्रकाश सपूतले भर्खर बजारमा ल्याएको म्युजिक भिडियो ‘सकम्बरी’ (फूलमाया) शीर्षकको गीतको हरफ हुन् ।

उनको बिहीबार सार्वजनिक भएको म्युजिक भिडियोमा नयाँ विषयवस्तु समेटेका तयार पारेका छन् । यस पटक उनले राम्रो कलाकार बन्ने सपना बोकेर गाउँबाट सहर छिरेकी एक युवतीको कथा भिडियोमा प्रस्तुत गरेका छन् । अभावले मानिसलाई के–के गर्न समेत बाध्य बनाउँछ र अर्काको अभावमा अवसरवादीहरू कसरी खेल्छन् भन्ने सन्देश भिडियोमा देखाएका छन् ।

भिडियोमा देखाइएका पात्र कुसुम शर्माले मानिसले सपना पूरा गर्ने र अभावलाई पूरा गर्ने प्रलोभनमा फाइदा लिइरहेको दृश्यले भिडियोलाई आकर्षित बनाएको छ ।

गीतमा प्रकाशकै शब्द, लय र स्वर र भिडियोको कथा र निर्देशन छ । सुदिप सागरको सङ्गीत संयोजन रहेको गीतमा बर्ता गन्धर्वको समेत स्वर छ ।

कुसुम शर्मा, सुनिल थापा, निक्स शर्मा, सरिता राजोपाध्याय, सन्जोग रसाइली, सरस्वती अधिकारी, सालिक भण्डारी लगायतको अभिनय रहेका छन् ।

नवराज उप्रेतीको छायाङ्कन रहेको यसको भिडियोलाई प्रवीण भट्टले सम्पादन गरेका हुन् ।

प्रकाशले चलन चल्तीका गीतभन्दा बाहिर रहेर अलग–अलग मुद्दालाई आफ्नो साङ्गीतिक खुराक बनाएर पेस गर्दै आइरहेका छन् । गायक प्रकाशका यसअघिका बोल माया‚ गलबन्दी च्यातियो लगायतका थुप्रै गीतहरू चर्चामा रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया