रसुवामा काँडे भ्याकुर भेटियो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
1.2k Shares
रसुवा

नेपालमा मात्रै पाइने पन्छी काँडे भ्याकुर रसुवाको नागुङ क्षेत्रको जङ्गलमा भेटिएको छ । यसको अग्रेजि नाम ( spiny babler) हो ।

विश्वमा अन्त कतै नपाइने काँडे भ्याकुर ललितपुरको जङ्गलमा पनि पाइन्छ । दुर्लभ चरा काँडे भ्याकुर चितवन लगायत गोदावरी‚ धादिङको उत्तरी भेगमामा पाइने गर्दछ। काँडे भ्याकुर समुन्द्र सतहबाट १२ सय मिटर भन्दा माथि रहेका पश्चिम नेपालको डोटी र रारा ताल वरपर पनि न्यून सङ्ख्यामा पाइने गरेको छ ।

यही २०८० साल वैशाख २ गते रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ नागुङको जङ्गल मा चरा अवलोकन गर्दा कांडेभ्याकुर देखा परेको थियो । ढुकुरभन्दा केही सानो र खरानी रङ्गको हुने र १२ सय मिटरभन्दा माथि बस्न रुचाउने यो चरा करिब २६ सय सेन्टिमिटर लामो हुन्छ । यसले अ‍ोसिलो क्षेत्रमा आहारा खोज्छ । यसले एक पटकमा दुई वटासम्म अण्डा कोरल्छ। काँडे भ्याकुर प्रायः समूहमा बस्न रूचाउछन । लजालु स्वभावको यो चरालाई सजिलै फेला फार्न सकिँदैन ।

रसुवामा पनि देखा परेकाले लामटाङ राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयले संरक्षण गर्नुपर्ने हुन्छ । विशेष गरी मध्य पहाडी क्षेत्रमा पाउने चरा भए तापनि जलवायु परिवर्तनका कारणले उच्च भागमा समेत देखा परेको हुन सक्ने डिभिजन वन कार्यालय रसुवाका अधिकृत बद्रीप्रसाद ढुङ्गानाले बताए ।

रसुवाको सदरमुकाम धुन्चे देखि अलि पर नागुङगाउँ नजिकै को जङ्गल यही वैशाख २ गते देखिएको काँडे भ्याकुर करिब २३ सय ५० मिटरको उचाइमा फेला परेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका