अन्तर्राष्ट्रिय स्प्रिङ फेस्टिभलमा नेपालको उत्साह सहभागिता, देश चिनाउने प्रयास

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
56 Shares
पेन्सलभेनिया, अमेरिका

अमेरिकामा प्रत्येक वर्ष मनाइने अन्तर्राष्ट्रिय स्प्रीङ फेस्टीभल २०२३ (INTERNATIONAL SPRING FESTIVAL 2023) मा नेपालको पहिचान झल्काउने गरी तामाङ सोसाइटी अफ पेन्सलभेनिया सहभागी भएका छन् ।

अप्रिल १५ तारिकमा नर्थ पेन हाइ स्कुलमा अन्तर्राष्ट्रिय महोत्सव फाउन्डेसन (आइएफएफ) ले ३४ वर्षदेखि आयोजित महोत्सवमा नेपालीहरूको उल्लेख्य सहभागी रहेका थिए ।

३४ औ संस्करणको महोत्सवमा नेपालीहरूले पहिचानसहितको लामा‚ ताम्बा‚ झाँकी र बाजागाजासहित बृहत् र्‍यालीसहित सहभागी भएको तामाङ सोसाइटी अफ पेन्सलभेनियाका अध्यक्ष कविलाल घिसिङले जानकारी दिए । अध्यक्ष घिसिङले महोत्सवमा हाम्रो सहभागिताले नेपाल चिनाउने प्रयास गरेको बताए । उनले भने‚ ‘अझै धेरै नै गर्न सकिन्छ, हामी नेपालको पर्यटन प्रचारप्रसार गर्न सकिन्छ, हामीसँग बहु संस्कृति छ भनेर देखाउने सक्यौ भने त्यो पहिचान रहन्छ।’

‘तपाईँहरूले संस्था र देश प्रति देखाएको माया र सदभावले भावि पुस्ताको लागि कोशे ढुङ्गा साबित हुनेछ‚’ अध्यक्ष घिसिङले भने‚ ‘हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरूलाई धन्यवाद ।’ त्यस्तै उनले धन्यवाद दिने क्रममा छुटाउनै नहुने नामहरूमा हाम्रो तामाङ सोसाइटी अफ नर्थ अमेरिकाको उपाध्यक्ष जयन्द्र लामा, समाजसेवी हरिओम श्रेष्ठ, रज्जु मल्ल ढकाल दिदी, पिए नेपाली गुठी, एनआरएन पेन्सलभेनिया, नेपाली लायन्स क्लब मन्टगोमरी लगायतको सहयोग अविस्मरणीय रहेको बताए ।

यसै गरी सहभागी पेन्सिलभेनिया नेपाली गुठीका अध्यक्ष विमल मोक्तानले भने‚ ‘हाम्रो उद्देश्य भनेको नेपाली पनि छन् है भन्ने देखाउने हो, यो अवसर पनि हो,हाम्रो पहिचानका लागि जतिसक्दो धेरै उपस्थित हुने भन्ने थियो,राम्रो भयो।’

महोत्सवमा अन्तर्राष्ट्रिय खाना, सङ्गीत, मनोरञ्जन, स्वास्थ्य मेला र बालबालिकाका धेरै गतिविधिहरू समावेश गरिएका थिए ।

महोत्सवमा २२ देशले सहभागिता जनाएको आयोजकले जनाएको छ ।

नेपालीहरूले पहिचान झल्काउने पोशाकमा राष्ट्रिय झन्डामा परेडमा सहभागी भएका थिए।

महोत्सवमा विभिन्न देशका उत्पादन र खानाको प्रदर्शनी गरिएको थियो। तामाङ सोसाइटी अफ पेन्सिलभेनियाको स्टलमा नेपाली झन्डा, बुद्धका मूर्ति, रुद्राक्षको माला सहित विभिन्न हस्तकलाका उत्पादन राखिएको थियो।

महोत्सवमा नेपालको तर्फबाट नेपाली बालबालिकाले नृत्य प्रस्तुत गरेका थिए।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका