‘महिला रेसिङ च्याम्पियनसिप २०२३’ को विजेता बनिन् नवाङ मोक्तान

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
49 Shares
काठमाडौै

मोटरसाइकलमा १०० केटीहरू’ कार्यक्रम अन्तर्गतको साहसिक रेसिङ ‘महिला रेसिङ च्याम्पियनसिप २०२३’ २०८० वैशाख २ गते शनिवार सम्पन्न भएको छ । हिमालयन मोटर ल्यान्ड, धुलिखेलमा सम्पन्न सो रेसिङमा नवाङ मोक्तान प्रथम भएकी छिन् । प्रतियोगितामा गङ्गा श्रेष्ठले दोस्रो र रोशनी भण्डारीले तेस्रो स्थान हासिल गरिन् ।

नासा नेपालका अध्यक्ष दशरथ रिसालका अनुसार मोटर ल्यान्ड भित्रको ट्र्याकमा आयोजना गरिएको सो प्रतियोगितामा १८ प्रतिस्पर्धीले भाग लिएका थिए । स्किल तथा स्पीड बेसको आधारमा विश्व भरि लोकप्रिय ‘मोटो जिमखाना च्याम्पियनसिप पनि सो अवसरमा आयोजना भएको थियो, जसमा गङ्गा श्रेष्ठले प्रथम, शीवा सीहं ठकुरी दोश्रा र सुमी न्यौपाने तेस्रो भएकी थिइन् भने वेस्ट पर्फमरको उपाधि जयन्ती सुनुवारले हात पारिन् ।

धुलिखेल नगरपालिकाको मेयर अशोक ब्यान्जु र अन्तर्राष्ट्रिय अटो मोबाइल फेडेरेशनका सदस्य गोविन्द भट्टराईले सुरुवात गर्नुभएको रेस इभेन्टमा विजयीहरुलाई राखेप बोर्ड सदस्य अन्जन धमला, नासा नेपालका अध्यक्ष दशरथ रिसाल लगायतले पुरस्कार वितरण गर्न भएको थियो ।

नासा नेपालका तालीम प्राप्त मार्सलहरूले व्यवस्थापन गरेका सो कार्यक्रममा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घका राजकुमार कार्की WIMA Nepal प्रतिनिधि मञ्जु बज्राचार्य, महामाया नेपालका मार्केटिङ हेड यम गुरुङ, र नासा नेपालका पदाधिकारीहरू, लगायतको उपस्थिति रहेको थियो । महामाया नेपालको मुख्य प्रायोजन रहेको सो प्रतियोगितामा भीआर ४६ नेपाल मोटरस्पोर्ट्स प्रा. लि‍. ले आयोजना गरेको थियो र विजयी सहभागीहरूलाई शिल्ड र सर्टिफिकेट र नगद पुरस्कार प्रधान गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया