‘नेपाली स्याटेलाइट प्रसारणका लागि अनुपयुक्त’

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ(आईटीयू)ले नेपाललाई उपलब्ध गराएको स्लटमा नेपालले ३० अर्ब खर्चेर राख्न लागेको कम्युनिकेसन स्याटेलाइट प्रसारकहरुका लागि अनुपयुक्त हुने देखिएको छ ।

नेपालमा अहिले ६०० मेगाहर्ज स्याटेलाइट ब्याण्डविथ खपत भइरहेको अनुमान छ । तीमध्ये करिब ५०० मेगाहर्ज ब्याण्ड डिसहोमले खपत गर्छ । डिसहोमले नेपालमा राख्न लागेको स्लटको स्याटेलाइट आफ्ना लागि अनुपयुक्त हुने जनाएको छ ।
‘सरकारले स्याटेलाइट राखे हामी त्यसलाई प्रयोग गर्छौं,’ डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यले भने,‘तर सरकारले १२३.३ पूर्व देशान्तरमा राख्न लागेको स्याटेलाइट हाम्रा लागि प्रविधिक रुपम उपयुक्त हुन्न ।

यसबारे मन्त्रालयलाई जानकारी गराइसकेका छौं । प्राविधिक विषयहरू प्रष्ट पार्न अनुरोध गरेका छौं ।’ यो समाचार कान्तिपुर दैनिकमा छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका