११ अ‍ौ रेडपाण्डा ट्रफी नौकुण्ड टिमलाई

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
371 Shares
रसुवा

वैशाख १ देखि ७ गतेसम्म भएको ११ अ‍ौ रेडपाण्डा ट्रफिको उपाधि नौकुण्ड टिमले हात पारेको छ । दोस्रो हुनेमा अकियास टिम रहेका छन् । यस्तै सान्त्वना हुनेमा जुनतारा युवा क्वब ग्रे र ठाडे प्रगतिशील युवा क्वब रहेका छन् ।

प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ ट्रफि मेडल र प्रमाणपत्र,दोस्रो पुरस्कार मा ७७ हजार ७ सय ७७ प्रमाणपत्र र मेडल र सान्त्वना हुनेलाई २२ हजार २ सय २२ रुपैयाँ मेडल र प्रमाणपत्र वितरण गरिएको आयोजक टिमले जनाएको छ ।

२०८० वैशाख १ देखि ७ गतेसम्म समन्वय सहकार्य र सहअस्तित्व वन्यजन्तु संरक्षणमा हाम्रो दायित्व भन्ने मुल नाराका साथ मनाइएको २८ अ‍ौ वन्यजन्तु सप्ताह तथा ११ अ‍ौ रेडपाण्डा ट्रफि को अवसरमा हरित सांस्कृतिक कार्यक्रम विभिन्न ख्याति प्राप्त कलाकार हरूको बेजोड प्रस्तुति रहेको थियो ।

वैशाख १ गते विधिवत् रूपमा २८ अ‍ौ वन्यजन्तु सप्ताहको उद्वाटन,वैशाख २ गते चरा तथा रेडपाण्डा को अवलोकन,३ गते धुन्चे बजार सरसफाइ,४ गते ११ अ‍ौ रेडपाण्डा ट्रफीका साथै ५ गते पिपल मैत्रीपूर्ण भलिबल खेल ६ गते हरित सांस्कृतिक कार्यक्रम र वैशाख ७ गते भलिबल खेलको समापन लगायत पुरस्कार को साथै ग्रिन कन्सर्ट भई समापन भएको थियो ।

कार्यक्रमको समापन प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मोहन आचार्य, विशिष्ट अतिथि प्रदेश ‘क’ प्रदेश सभा सदस्य प्रभात तामाङ, प्रदेश ‘ख’ प्रदेश सभा सदस्य इन्द्र गौतम ( जगतजङग) लगायत प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सेना प्रमुख, सशस्त्र प्रहरी प्रमुख लगायत कर्मचारी नागरिक समाज‚ सञ्चारकर्मी‚ संरक्षणकर्मी उपस्थिति रहेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका