सुजाता तामाङको हत्यारा ३ दिन पछि पक्राउ

पाँचथर

पाँचथर हिलिहाङ गाउँपालिका-६ का सुजाता तामाङको हत्यामा संलग्न अस्मिन भन्ने घनेन्द्र लावतीलाई प्रहरीले पक्राउ गरेको छ ।

गाउँपालिकास्थित सिटे भन्ने स्थानमा एनएमबि माईक्रो फाईनान्स बित्तिय संस्थामा कार्यरत २१ वर्षीया सुजातालाई धारिलो हतियार प्रयोग गरी हत्या गरी फरार रहेका अभियुक्त हिलिहाङ नै बस्ने १९ वर्षीय अस्मिन लावतीलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । हत्यारालार्इ प्रहरीले घटना भएको तीन दिनपछि पक्राउ  गर्न सकेको छ ।

गत जेठ ३ गते सुजाताको हत्या भएको घटनामा संलग्न फरार अभियुक्तको खोजी गर्ने क्रममा घटनामा संलग्न अभियुक्त लावतीलाई गाउँमै लुकी छिपि बसेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेका हुन् । अभियुक्तको साथबाट १ थान खुकुरी र हत्या पश्चात लुटी लगेको नगद ८१ हजार ७० रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । घटना बारे गम्भीर अनुसन्धान गर्ने प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

Ads by google

पत्रपत्रिका