दुबईका लागि उडेको जहाज निरन्तर गन्तव्यतिर उडेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकअफ गर्ने बेला आगो लागेको जहाज निरन्तर गन्तव्यतिर गइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले जानकारी दिए ।
फ्लाई दुबईको विमान विमानमा आवाज आएको र आगो लागेको देखेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विमानमा १६३ जना यात्रु सवार छन्।
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगननाथ निरौलाले पनि विमान गन्तव्यतिर गएको जानकारी दिए। उनले विमानको इन्जिनमा सामान्य समस्या देखिएको बताए।
उड्ने बित्तिकै इन्जिनमा आगो लागेको देखिएको थियो। चट्याङजस्तो आवाज आएपछि स्थानीयहरू सडकमा निस्किएका थिए।
प्राधिकरणका लागि त्रिभुवन विमानस्थलबाट उक्त विमान ९ बजेर २१ मिनेटमा उडेको थियो।