रङ्गकर्मी तथा कलाकार घनश्याम गौतमको लेखन तथा निर्देशनमा तयार गरिएको नाटक ‘भुमरी’ मञ्चन गरिएको छ ।
लागूपदार्थ दुव्र्यशनी तथा मादक पदार्थ सेवन जस्ता कुलतमा फसेका युवाहरूको कथालाई मुख्य विषयवस्तु बनाइएको नाटक मङ्गलवार राजधानीस्थित वसन्तपुरमा प्रदर्शन गरिएको हो ।
उद्धार नेपालको आयोजना तथा कारितास नेपालको सहकार्यमा तयार पारिएको नाटकले लागूपदार्थ दुव्र्यशनीमाबाट कसरी मुक्ति पाउन सकिन्छ भन्ने सन्देश प्रवाह गरेको थियो । नाटकमा विद्यालयका विद्यार्थीहरू कुलतमा लागेको र यसबाट कसरी उद्धार गरी नयाँ जीवन पाउ“छन् भन्ने पक्षलाई देखाइएको थियो । युवापुस्तालाई कुलतबाट जोगाउन परिवार र समाजको कस्तो भूमिका हुनुपर्छ भन्ने कुरालाई समेत नाटकले निकै मार्मिक ढङ्गले प्रस्तुत गरेको थियो ।
नमस्ते दिवाकर घिमिरे, सरिता राजोपाध्याय, युगज्योति क्रियाशील, आइपि आचार्य, टिकाराम आचार्य, सुरज खड्का, अर्जुन कटुवाल र निर्देशक गौतम लगायतका कलाकारहरूले अभिनय रहेको नाटकमा घिमिरे मुख्य सहायक निर्देशक, टिकाराम आचार्यको सङ्गीत संयोजन, आई पी आचार्यको सामग्री व्यवस्थापन, भेषभुषा तथा शृङ्गारमा क्रियाशील र सरिता राजोपाध्याय थिए । ५ सय भन्दा बढी दर्शकको उपस्थिति रहेको नाटकलाई देशभरि प्रदर्शन गर्न दर्शकहरूले सुझाव दिएका थिए ।