अमेरिकामा नेपालीज् मूलवासी मङ्गोल कम्युनिटी इन अमेरिका गठन

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
1848 Shares
न्युयोर्क

मूलवासी मङ्गोल समुदायको साझा सङ्गठन नेपालीज् मूलवासी मङ्गोल कम्युनिटी इन अमेरिका (Nepalese Mulabaasi Mongol Community in America (NMMCA)) गठन गरिएको छ ।

आइतबार कान्छा शेर्पाको संयोजकत्वमा छ सदस्यीय तदर्थ कमिटी गठन गरिएका हुन् ।

कमिटीको सदस्यहरू सजून तामाङ‚ राम बहादुर थिङ‚ लीला श्रीस मगर‚ गोरे लामा‚ तेन्जी योञ्जन तामाङ र तेज बी. राई रहेका छन् ।

संस्थालाई औपचारिक र वैधानिक रूपमा सम्पन्न गर्न कमिटी गठन गरिएको संयोजक शेर्पाले जानकारी दिए ।

उनले भने‚‘कमिटीले आगामी तीन महिनाभित्रमा पहिलो ऐतिहासिक अधिवेशन गर्ने र संयुक्त राज्य अमेरिकामा हामी मङ्गोलहरूको मुक्ति र हितका लागि साङ्गठनिक रूपमा एउटा संस्था स्थापना हुनेछ ।’

मङ्गोल दर्शन र सिद्धान्तलाई आत्मसाथ गर्ने र शुभ चिन्तन राख्ने सम्पूर्ण मूलवासी मङ्गोलहरूलाई एकताबद्ध गर्दै मङ्गोल अस्तित्वको लडाइँमा कुनै न कुनै तवरबाट हातेमालो र साथ सहयोग गर्ने हेतुले अमेरिकामा संस्था स्थापना गर्न लागिएको संयोजक शेर्पाको भनाइ थियो ।

संस्थाको नाममा ३२० डलर सहयोग समेत प्राप्त भएको संयोजक शेर्पाले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
4
+1
1

तपाईको प्रतिक्रिया