रसुवाको फिकुरी महादेवलाई पर्यटकीय हब बनाइने

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
427 Shares
रसुवा

रसुवा जिल्लाको उतरगया गाउँपालिकामा पर्ने फिकुरी लेक र त्यहाँ रहेको महादेव मन्दिरलाई पर्यटकीय हब बनाइने भएको छ ।

फिकुरी नेपालको पहाडी पर्यटनमा एउटा महत्त्वपूर्ण ट्रेन भएकाले राजधानी काठमाडौँबाट करिब ३८०० सय मिटरको उचाइमा रहेको छ । फिकुरीबाट रसुवाको लाङटाङ,गोसाईंकुण्ड र नुवाकोट नागार्जुन,ककनी,गणेश,दोर्जे लाक्पा हिमाल देखिनुका साथै तिब्बती हिम श्रृङखलाहरू देख्न सकिन्छ । फिकुरी हुँदै रूविभ्यालि,गणेश हिमाल तामाङ हेरिटेज लाङटाङ र गोसाईंकुण्डको पदयात्रा समेत गर्न सकिन्छ ।

उतरगया गाउँपालिकाले स्थानीयको आर्थिक उपार्जनका लागि आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि डाँडा गाउँदेखि ४५ जनाको टोली बनाइ फिकुरी ,भज्जायाङ हुँदै पुन डाँडा गाउँ नै टुङगुने गरी पदयात्रा समेत गरेका थिए ।

उतरगया गाउँपालिकाका प्रमुख माधव अर्यालले भने‚ ‘पालिकाले निर्माण गर्न लागेको २० वर्षे गुरुयोजनाको पुर्वसन्ध्यामा आयोजित पदयात्राले पर्यटकीय क्षेत्रको विकास गर्न थप मदत पुगेको छ ।’ हामीले विभिन्न पर्यटकीय क्षेत्र पहिचान गर्नु नै आजको आवश्यकता हो ।

उतरगया फिकुरी डाँडा नयाँ पर्यटकीय गन्तव्यको सम्भावना रहेको उपाध्यक्ष चमेली गुरुङले बताइन् । यस फिकुरी डाँडामा रहेको फिकुरी महादेवको मन्दिरमा हरेक वर्ष हरिबोधिनी एकादशीका दिन विशेष मेला लाग्ने गर्दछ ।

उतरगया गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय क्षेत्र बनाउने सम्भावनाले ३ दिने पदयात्रा अध्ययन सम्पन्न गरिसकेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया