डाबर वाटिका मिस नेपाल २०२३ को प्रतिष्ठित उपाधिका लागि प्रतिस्पर्धा गर्ने अन्तिम २४ प्रतियोगीहरू हिजो बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेका थिए । यस भ्रमणमा प्रतियोगीहरूले विभिन्न वातावरणीय समस्याहरु बुझ्न पाए र साथै यस समस्याहरूलाई सम्बोधन गर्न डाबर नेपालको संरक्षण प्रयासको बारे पनि बुझ्ने अवसर पाए । डाबर वाटिका मिस नेपालका सहभागीहरूले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको पनि निरीक्षण गरे । डाबर नेपालले दुर्लभ र लोपोन्मुख जडीबुटीको संरक्षण गर्दै आएका र यी जडीबुटी डाबरका विभिन्न उत्पादनहरूमा पनि प्रयोग गर्दै आएका छन् ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि यी युवाहरूलाई परिचय गराउन पाएकोमा हामीलाई असाध्यै गर्व र खुसी लागेको छ । डाबरले आयुर्वेदमा जरा गाडेको एक शताब्दीभन्दा बढी भैसकेको छ र यसको ज्ञानबाट विश्वभर जडीबुटी, स्वास्थ्य, सौन्दर्य र ब्रान्डहरूको उत्पादन र बजारीकरण गर्दै आएको छ । आजका युवाहरू भोलिका कर्णधार हुन् । हामीलाई विश्वास छ की प्रतियोगीहरूलाई यस प्रकारको एक्सपोजरबाट उनीहरूले वातावरण र समाजमा सकारात्मक रूपमा योगदान गर्न सक्षम हुने छन् ।“
डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडीबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको संरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरितगृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा सङ्कटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गर्दछ र ५० वटा सहकारी मार्फत जडीबुटी खेती गरी किसानहरू को जीविकोपार्जनलाई वैकल्पिक श्रोतको रूपान्तरण दिएको छ ।
उपभोक्ताहरूलाई उत्कृष्ट प्राकृतिक हेयरकेयर को सोलुसन उपलब्ध गराउने डाबरको निरन्तर प्रतिबद्धताको परिणामस्वरूप, डाबर नेपालले २०२२ मा डाबर वाटिका नेचुरल्स स्याम्पु बजारमा ल्याएको थियो । डाबर वाटिका नेचुरल्स स्याम्पु यस वर्षको मिस नेपाल प्रतियोगिताको प्रमुख प्रायोजक हो । डाबर वाटिका मिस नेपाल २०२३ को ग्राण्ड फिनाले मे २७, २०२३ मा गोदावरी स्थित सनराइज अडिटोरियममा हुन गइरहेको छ र यसको प्रत्यक्ष प्रसारण कान्तिपुर टिभी एचडीमा हुने छ ।