एमाले रसुवा मिसन ग्रासरूट : काङ्ग्रेस र जसपाका सिङ्गो पार्टी एमालेमा समाहित

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
42 Shares
रसुवा

मिसन ग्रासरूट २०७९ को समापन तथा सन्देश सभाको अवसरमा नेपाली काँग्रेसका विभिन्न जिम्मेवारीमा रहेका ६५ जना र जसपा पार्टी रसुवाका सिङ्गो पार्टी नेकपा एमालेमा समाहित भएका छन् ।

ग्रासरूट समापन कार्यक्रम धुन्चेमा केन्द्रीय उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्य र केन्द्रीय स्कुल विभाग उपप्रमुख एवं सङ्घीय सांसद ईश्वरी रिजालको विशेष आतिथ्यमा भएको थियो । जसमा जसपा पार्टीको जिल्ला अध्यक्षसहित सिङ्गो पार्टी नेकपा एमालेमा समायोजन भएका हुन ।

यस्तै २०८० वैशाख ९ गते नेकपा स्थापना दिवसको अवसरमा काठमाडौँमा नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि प्रेम तामाङसहित ७० जना पार्टी प्रवेश गरेका थिए ।

नेकपा एमाले जिल्ला कमिटी रसुवाको आयोजनामा भएको उक्त मिसन ग्रासरूट अभियान समापन सन्देश सभामा पार्टी प्रवेश गर्ने नव प्रवेशी कमरेडहरूलाई पार्टीमा स्वागत तथा सफल राजनीतिक भविष्यको कामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा नेकपा एमालेका विशिष्ट व्यक्तिहरूको उपस्थित रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका