गोसाईंकुण्डले विद्यालयलाई निःशुल्क पोसाक वितरण

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
175 Shares
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिकाले यसै आर्थिक वर्षदेखि आफ्नो पालिकाभित्रका सामुदायिक विद्यालयलाई निःशुल्क पोसाक वितरण कार्य अगाडि बढाएको छ । पालिकाले सुरुवात रसुवा मावि धुन्चेबाट सो कार्य सुरु गरेको छ ।

रसुवा माविका ३ सय ८४ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण वैशाख १७ गते गरिएको छ । बाल शिक्षादेखि १२ कक्षासम्मका बिद्यार्थीहरूलाई पाइन्ट, बेल्ट, टाई, सर्ट, कोट लगायतका पोसाक वितरण गरिएको प्राचार्य तेम्पारिसाङ घलेले जानकारी दिए ।

अबका दिनमा पोसाक मात्र नभई दिवा खाजा पनि निःशुल्क हुने समेत बताइएको छ ।

गोसाईंकुण्ड गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको उक्त सरकारी स्कुललाई वितरण गर्ने कार्यक्रम अनुरूप पालिकाभित्रका बिद्यार्थीहरूलाई पोसाक छिट्टै वितरण गरिने बताइएको छ । सरकारी स्कुलको शैक्षिकस्तर उकास्नको लागि यस्तो कार्यक्रम लागू गरिएको पालिका प्रमुख कैसाङनुर्पु तामाङले बताए ।

पोसाक वितरण कार्यक्रममा पूर्व संविधान सभा सदस्य छोवाङ तेन्जिङ तामाङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दावा सिदार वाइबा, समाजसेवी, शिक्षाप्रेमी, विद्यार्थी, अभिभावक लगायतको उपस्थिति रहेका थिए ।

आफ्नो छोराछोरि लाई नियमित स्कुल पठाउने र स्कुल मा आफ्नो छोराछोरि नियमित आएका छन् । बेलाबेलामा अभिभावक पनि स्कुल आउने गर्नु पर्ने वताउदै विद्यार्थीले राम्रोसँग पढेर राम्रो नतिजा ल्याए गाउँपालिकाले पुरस्कार वितरण गर्ने पालिका प्रमुख तामाङले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका