नेपाल र युएईबिचको फाइनल खेल वर्षाका कारण रोकियो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाका कारण रोकिएको छ । पानी परेसँगै नेपाल र युएईबिचको फाइनल खेल प्रभावित भएको हो ।

त्यहीबिचमा पानी परेपछि खेल रोकिएको हो। अहिले पिचलाई छोपेर राखिएको छ।

खेल रोकिनुअघि युएईले १६ ओभरमा ५ विकेटको क्षतिमा ६० रन बनाएको छ ।

नेपालका लागि करन केसीले दुई तथा सन्दीप लामिछाने, सोमपाल कामी र ललित राजवंशीले एक विकेट लिएका छन् ।

एसिसी कपको विजेताले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउने भएकाले यो खेल निकै महत्त्वपूर्ण छ। आजको खेल हेर्न हजारौँ नेपाली समर्थक कीर्तिपुर पुगेका छन्।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका