साउदी अरबका रियादस्थित अजिजियामा बिहीबार अन्तर संस्था समन्वय समिति रियाद गठन गरिको छ । समितिका अध्यक्षमा अमृत पौडेललाई चयन भएको छ ।
अन्तर संस्थाका प्रथम उपाध्यक्ष खेमराज भट्ट, द्वितीय उपाध्यक्ष विन्देश्वर यादब, तृतीय उपाध्यक्ष नवराज थापा, महासचिव महानगेस तामाङ, सचिव विष्णु घिमिरे, कोषाध्यक्ष देवेन्द्र विश्वकर्मा, सहकोषाध्यक्ष मनिष थापा, प्रवक्ता विज्ञान राई, महिला संयोजक लक्ष्मी पौडेल, उपसंयोजक गंगा रहेका छन् ।
त्यसैगरी सूचना तथा सञ्चार बिभागमा सुञ्जित तामाङ लाल, लाल बहादुर शिर्पाली, राज चेम्जोङ र सदस्यहरू क्रमशः घायल तिवारी, किसान विश्वकर्मा तोताराज अधिकारी, कविराज शङ्खर, बिपुल ढुङ्गाना, महेश सिंह चयन गरिएको छ ।
समितिका सल्लाहकारहरू महेश घिमिरे, जितेन्द्र थपलिया, पारस काफ्ले र रुपक वाईबा तामाङ रहेका छन् ।
रियादमा रहेका १४ वटा सामाजिक सङ्घसंस्थाहरू समेटेर अन्तर समिति गठन गरिएको समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।