सिद्धार्थ गौतम बुद्धको २५६७ औँ जयन्ती (फोटोफिचर)

काठमाडौं

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम बुद्धको २५६७ औँ जयन्ती  शुक्रबार भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइरहेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुराउनुभएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ। आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ ।

त्यस्तै आज बाैद्ध स्तुप, स्वयम्भू, बुद्धको जन्मभुमि लुम्बिनीमा विशेष  औपचारिक कार्यक्रमहरू आयोजना गरि मनाइरहेको छ । विहानैदेखि यस स्थानहरूमा भव्य भक्तालुजनहरूको घुइचो लागेका छन् ।  बाैद्ध स्तुप परिसरमा विभिन्न गुम्बा, विहार तथा विद्यालयका विद्यार्थीहरू, संघसंस्थाहरू र भक्तजनहरूले शान्तिपूर्ण र्याली निकालिएका छन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर तथा श्रीलंक, भुटान, थाइल्यान्ड, कोरिया, जापान, बर्मा लगायत देशहरूमा मनाउने गर्दछ । फोटोःअमिर

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका