‘तामाङ काइ’ले मनायो १९ औं वार्षिकी

सैलुङअनलाइन संवाददाता
413 Shares
ललितपुर

तामाङ भाषाको रेडियो कार्यक्रम ‘तामाङ काइ’ (तामाङ आवाज)ले १९औं वार्षिकी मनाएको छ । शनिवार रेडियो सगरमाथाको सभाकक्षमा प्रमुख अतिथि लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरि वार्षिकी मनाएको थियो ।

रेडियोका स्टेसन म्यानेजर उर्वशी बस्न्यातको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भाषाशास्त्री एवं भाषा आयोगका सदस्य अमृत योन्जन तामाङ, तामाङ डाजाङका संरक्षक निमा घ्याम्छो बल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ पाल्साङमो लामा, तामाङ लोकगायक चन्द्रकुमार मोक्तान, नेपाल तामाङ घेदुङ संघका सह–अध्यक्ष कुमार घिसिङ, तामाङ पत्रकार सघंका उपाध्यक्ष नेत्र तामाङ, नेपाल तामाङ कलाकार संघका अध्यक्ष विश्व दोङ, तामाङ चलचित्र संघकी महासचिव सुनिता लुङ्बा, नेपाल तामाङ घेदुङ ललितपुरका अध्यक्ष साहिला तामाङ, पत्रकार महासंघकी केन्द्रीय सदस्य सन्चु ब्लोन, तामाङ डाजाङका सम्पादक इन्द्रकुमार तामाङलगायतको विशेष उपस्थिती रहेको थियो । यससँगै कार्यक्रममा कवि, कलाकार, पत्रकार, बुद्धिजीवि, समाजसेवी र रेडियो कार्यक्रमका स्रोतहरुको पनि उपस्थिति रहेको थियो ।

‘तामाङ काइ तामाङ भाषाको रेडियो म्यागजिन हो । कार्यक्रम १९ वर्षदेखि निरन्तर प्रसारण हुँदै आएको छ । प्रसारण आरम्भदेखि नै तामाङ काइले तामाङ भाषाको समाचारलाई प्राथमिकताकासाथ प्रसारण गर्दै आएका छौं,’ रेडियो कार्यक्रमका प्रस्तोता बुद्ध योन्जन लामाले भने, ‘तामाङ इतिहास, राजनीति, संस्कार, संस्कृति, पराम्परा, कला, साहित्य अनि विविध समसामयिक विषयहरुमा रिपोर्टि हुँदै आएको छ ।’

कार्यक्रममा तामाङ कालाकार संघ, तामाङ चलचित्र संघ र रेडियो कार्यक्रमलाई सहयोग सहयोग पुर्याउने व्यक्तिहरुलाई समेत पशंसा–पत्रले सम्मान गरिएको थियो ।

प्रत्यक्ष प्रसारणसहितको वार्षिकोत्सव कार्यक्रममा कवि मुक्तान थेबाले च्याङ (जरा) शिर्षकको कविता वचन गरिएको थियो भने रन्जना मोक्तानले फापरे व्हाइ गाएकी थिइन् । उपस्थित अतिथि, स्रोतागण तथा शुभेच्छुकहरुले रेडियो कार्यक्रमलाई अझ सशक्त बनाउन र निरन्तारताको लागि रचनात्मक सुझाव र शुभकामना व्यक्त गरेका थिए ।

‘तामाङ काइ’ तामाङ साहित्यिक संस्था तामाङ डाजाङ र रेडियो सगरमाथाको संयुक्त प्रस्ततिको रुपमा २०६१ बौशाख २२ देखि प्रसारण आरम्भ गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया