नेपाली सेना विष्णु दल गणको आयोजनामा विपद्का घटनाहरूको न्यूनीकरण तथा पूर्व तयारीका लागि रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ सोलेमा अभ्यास मनसुन ३ आयोजना वैशाख २४ गते सम्पन्न भएको छ ।
मनसुन महिनामा जिल्ला मा हुन सक्ने विपद् का घटनाहरूको न्यूनीकरण तथा पूर्व तयारीका लागि जिल्लास्थित सम्पूर्ण सरोकारवाला निकायहरू को संयुक्त प्रयासमा अभ्यास मनसुन आयोजना गरिएको बिष्णुदल गणले जनाएको छ ।
अभ्यास अवलोकन का लागि जिल्ला समन्वय समिति रसुवाका उपप्रमुख विजय लामा,नेपाली सेनाका निमित्त गणपति,गोसाईंकुण्ड गाउँपालिका अध्यक्षा कैसाङनुर्पु तामाङ,वडा अध्यक्ष दावा सिदार वाइबा,उत्तर गया गाउँपालिका अध्यक्ष माधव अर्याल,प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी,जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू,विभिन्न सङ्घ संस्थाका प्रमुखहरू, स्वास्थ्यकर्मी, रेडक्रसकर्मी, स्वयसेविका, संचारकर्मी र स्थानीयहरूको सहभागिता रहेको थियो ।
जिल्लामा हुन सक्ने विपद् को पहिचान गरि त्यसको अभ्यास गरिएको नेपाल सेना विष्णु दल गणले जनाएको छ ।विपद् न्यूनीकरण का लागि नेपाली सेना र संयुक्त रूपमा कसरी परिचालन हुन सक्छ त्यसका बारेमा कसरी सूचना पाउने र त्यही अनुसार को तयारी गरी घटनास्थल पुग्नेछु त्यस्तो अवस्थामा कसको भूमिका के हुने ? भन्ने विषयमा डिमोसेसन मार्फत प्रस्ट पारिएको थियो ।
विपद् बाजा बजाएर आउँदैन जहाँ जतिखेर जहिले पनि आउन सक्छ पहिले नै सजक हुन जरुरी रहेको गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङले बताए ।
विपदमा सुरक्षाको साथसाथै नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरी ले ज्यानको बाजि लगाएर नागरिक लाई बचाउने साहसिक अभियान मा महत्त्वपूर्ण योगदान दिन सक्ने उनीहरूलाई विशेष धन्यवाद व्यक्त गरेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।
कसरी भयो त अभ्यास ?
नेपाली सेनाको अगुवाइमा सशस्त्र प्रहरी जनपद प्रहरीले गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ सोले नजिकै को पानी बग्ने खोल्सामा अचानक हिँडिरहेको अवस्थामा पानीले गर्दा चिप्लिएर लडेर तल खोचमा पुगेर अड्किरहेको सर्वसाधारण मानिसलाई घाइते अवस्थामा सकुशल उदार गरी अस्पताल एवम् स्वास्थ्य चौकी पठाउँछ । त्यस खोल्सामा घाइते भएका अरू मानिसको पनि बिस्तारै डोरीको साहयताले उद्धार गर्छन् । यस भन्दा अगाडि गोसाईंकुण्ड गाउँपालिकाकै नागुङमा पनि उद्धारका अभ्यासहरू भएका थिए । यसका लागि गोसाईंकुण्ड गाउँपालिकालगायत अरू गाउँपालिकाहरूको अग्रसरता रही आएको छ ।