तामाङ भवन खरिदको लागि कोरियाबाट पौने ४ लाख सहयोग

सैलुङअनलाइन संवाददाता
231 Shares
काठमाडौं

नेपाल तामाङ घेदुङले संघीय कार्यालय ‘तामाङ ग्रेन गे दिम’ ९तामाङ भवन० खरिदको लागि कोरियाबाट लगभग ३ लाख ८७ हजार ८ सय सहयोग गरेको छ । गत शनिवार संघीय कार्यालयमा एक भेटघाट गरी उक्त सहयोग हस्तान्तरण गरेको हो ।

हस्तान्तरण कार्यक्रममा कोरियाको तर्फबाट कोरिया घेदुङका सचिव बुद्धिबहादुर स्याङतान, सल्लाहकार चित्रबहादुर मोक्तान, राजीव घिसिङ, तामाङ पत्रकार संघ कोरियाका अध्यक्ष अमिर योञ्जन र संघीय घेदुङका अध्यक्ष मोहन गोले, उपमहासचिव जगतमान दोङ, सचिव सरोज मोहन लामा, कोषाध्यक्ष रूपबहादुर योञ्जनलगायत कलाकार निशा पाख्रिन, प्रकाश तितुङ, सन्देश तामाङको उपस्थिति रहेको थियो ।

सहयोग हस्तान्तरणको क्रममा कोरिया घेदुङका सचिव बुद्धिबहादुर स्याङतानले संघीय घेदुङले गतबर्ष घोषणा गरेको दिम खरिदको लागि कोरियामा रहेका तामाङहरूबाट सङ्कलित रकम सहयोग गरेको बताए । ‘दिम खरिदको लागि कोरियामा पनि सहयोग रकम सङ्कलन अभियान सञ्चालन गरेका थियौँ, त्यसबाट लगभग कोरियन ३८ लाख वन सङ्कलन भएको थियो,’ स्याङ्तानले भने ।

संघीय अध्यक्ष मोहन गोलेले सहयोगीहरूलाई धन्यवाद दिँदै अझै आगामी दिनहरूमा धेरै सहयोग आउने आशा रहेको बताए । उनले भने, ‘पोहोर सहयोग सङ्कलन अभियान २०७९ को चैत्रसम्म घोषणा गरेका थियो, यसलाई फेरि एक वर्ष समयावधि थपेको छ, अझै सकेको सहयोग सङ्कलन गर्न अनुरोध गरे ।’

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया