ज्याकाराण्डा फूलको सुन्दरता (फोटो फिचर)

सैलुङअनलाइन संवाददाता
189 Shares
काठमाडौं

राजधानी काठमाडौँका मुख्य सडकहरू अहिले ज्याकाराण्डा फूलेर निलाम्य छन्। बैशाखमा फूल्ने यो फूलले राजधानीको शोभा बढाएको छ। दरबारमार्ग, सुन्धारा, रत्नपार्क वरपरको सडक छेउमा फूलेको ज्याकाराण्डाले राजधानी थप सुन्दर देखिएको छ। सानो हुने हुँदा यसलाई भँगेरी फूल पनि भन्ने गरिन्छ।

पतझड प्रजातिको यो वनस्पति फुल्दा यसका फूलहरूले रूखलाई ढपक्कै ढाकिदिन्छन् । हाँगाहरू तेर्सिएर फिँजिने भएकाले यसका बोटहरूले गर्मीमा छायाँ दिएर बटुवाहरूलाई शीतलता प्रदान गर्छन् । ज्याकाराण्डा फूलले सहरको वातावरण पनि औधी मनमोहक बनाइदिन्छ ।

तस्बिरमा विभिन्न स्थानमा फूलेका ज्याकाराण्डा फूल:

 

तपाईको प्रतिक्रिया