आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा : वरिष्ठ नेता पौडेल

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
फाइल तस्वीर

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा बलियो आधार भएको बताएको छ ।

‘तनहुँ–काठमाडौँ इन्टल्याक्च्युअल डेमोक्रेटिक सोसाइटी नेपाल’द्वारा शनिबार राजधानीमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले काङ्ग्रेसले जनतामा आशा जगाउने गरी मुलुक निर्माणको खाकासहित अघि बढ्नुपर्ने बताए । ‘काङ्ग्रेसले जनताको निराशा र अन्योललाई चिर्न आशा जगाउने कार्यक्रम ल्याउनु पर्छ’, उनले भने ।

काङ्ग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लोकतन्त्रमा हारजित स्वभाविक भए पनि काङ्ग्रेसले विगतको निर्वाचन किन हा¥यो भन्ने कुराको लेखाजोखा र विश्लेष्ण गनुपर्ने बताए । संविधानसभा सदस्य रामचन्द्र पोख्रेलले काङ्ग्रेसले बुद्धिजीवीहरुलाई कार्यकर्ताको रुपमा नभइ चिन्तक र विश्लेषकका रुपमा व्यवहार गरी उनीहरुका सुझावलाई लिनुपर्ने बताए ।

समाजका अध्यक्ष यदुनाथ खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा संविधानसभा सदस्य नागेन्द्र कुमाल, वरिष्ठ पत्रकार कृष्ण केसी, नेवि सङ्घका नेता आनन्द त्रिपाठी, दीपक भट्टराईलगायतले पार्टीलाई एकढिक्का भइ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका