सामाजिक कथामा आधारित ‘श्रृंखला जिन्दगीको’ सार्वजनिक (भिडियो)

काठमाडौं

बलदिप राई र निशा पाख्रिनको संयुक्त निर्देशनमा रहेको नयाँ सिरियल सार्वजनिक भएको छ । सामाजिक कथावस्तुमा आधारित रहेको सिरियल सोमबार भाग एक सार्वजनिक भइसकेको छ ।

मिडिया हबद्वारा निर्मित सिरियल ‘श्रृंखला जिन्दगीको…’ प्रत्येक सोमबार साँझ ७ बजे मिडिया हबकै अफिसियल युट्युब च्यानलमार्फत प्रसारण हुनेछ ।

सिरियलको पहिलो भागमा तामाङ समुदायमा चलिआएको ‘नजिकको नाता मामा फुुपुको छोराछोरी भित्र बिहे गरिने चलन जसलाई ‘फुपुचेला मामाचेली’ भनिन्छ’, यस चलनलाई समेटिएको देखिन्छ । साथै सिरियल हेर्दा अन्तरजातीय विवाहलाई पनि कथाको मुख्य विषयवस्तु बनाएको भान हुन्छ ।

सिरियलमा बालदिप राई, निशा पाख्रिन, मुकेश हमाल, रोहनी लामा, सरोज खड्का, राधा श्रेष्ठ, सुसन लामा, मिना जी.सी., बोन्बो सन्तोष, यादव थापालगायतका कलाकारहरू मुख्य भूमिकामा रहेका छन् ।

किसन अर्यालको लेखनमा निर्माण भइरहेको यस सिरियललाई विनोद पुरीले छायाङ्कन गरेका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका