सरकारले हिजो २०८० बैशाख २६ गते सरकारी विज्ञापनमा एकद्वार प्रणाली लागु गर्ने निर्णय गर्यो । सरकारको उक्त निर्णय विरुद्ध विज्ञापन संघ आन्दोलित भएको छ ।
आज दिउसो १ बजे काठमाडौँको तिनकुनेमा रहेको रोयल व्याङकुइटमा एक कार्यक्रम गरी विज्ञापन संघले लोकतान्त्रिक मुलुकमा एकद्वार विज्ञापन प्रणली लागु गरेर आफ्ना केही स्वर्थ केन्द्रीत व्यक्तिहरुलाई पोष्नकै लागि उक्त निर्णय गरेको र हजारौ एजेन्सीहरु सम्बन्धित निकायबाट इजाजत लिई व्यावसाय गरिरहेका व्यवासायहरुलाई बिस्थापन गर्नेगरी एकद्धार प्रणली लागु गरेको हुनाले विरोध गर्नु परेको विज्ञापन संघका अध्यक्ष सोम धितालले सम्बोधनका क्रममा बताएका छन् ।
‘आजबाट विरोध ¥याली, धर्ना, शुरु भएको छ,’ धिताले थपे, ‘यो आन्दोलन जबसम्म सरकारले आफ्नो एकद्धार विज्ञापना प्रणालीको निर्णय फिर्ता गर्दैन तबसम्म आन्दोलन नरोकिने र आमरण अनसनसम्मको कार्यक्रम हुनेछ ।’
त्यसैगरी संघका पूर्वअध्यक्ष रविन्द्र कुमार रिजाल (शशि) ले मुलुकमा आर्थिक संकटका कारण मानिसहरु आत्मदाह गरेर मर्नुपर्ने अवस्थामा पुगेको बेला विज्ञापन व्यवसायमा सरकार लाग्नु अत्यन्तै र्दुभाग्य भएको बताएका छन् । उनले दिएको डाटा यस्तो छ । ‘झण्डै ३००० हजारको हाराहारीमा रहेका कम्पनीहरुमा झण्डै ३५ हजार मानिस प्रत्यक्ष रोजगारी गरिराखेको अवस्था छ । यतिका मानिस अब काहाँ जाने ?,’ सरकारलाई उनले प्रश्न गरे । कार्यक्रममा उनले सरकारले निर्णय तुरुन्त सच्याउँदै व्यवसायी मैत्री हुनुपर्ने धारणा समेत राखेका थिए ।
विरोध र्याली बानेश्वरमा माइतीघर मण्डलामा पुगेर धर्नामा परिणत भएको थियो ।