नेपालको एक मात्र व्यापारीक नाका रसुवागढीबाट २ सय ३० वटा भेडा च्याङ्ग्रा शुक्रबार भन्सार भई बजारमा आउन थालि सकेका छन् ।
व्यापारी दिवाकर न्यौपानेका अनुसार खसी बोकेका तुलनामा भेडा च्याङ्ग्रा महँगो हुने भएको र केरूङबाटै प्रति गोटा २३ हजारदेखि २६ हजार रूपैया पर्छ । उनले भने, यसरी आयात गरि ल्याईएको भेडा च्याङ्ग्रा बढि जस्तो जिल्लाभित्र नै विक्री हुने गरेको छ ।
यस नाकावाट आयातमा कमी भएको कारण अघिल्लो वर्ष मुस्ताङबाट समेत ल्याईएको बताइएको छ ।
अर्का व्यापारी रामेश्वर खड्काले भने, ‘केरूङमा भेडा च्याङ्ग्रा नपाईने हुँदा तिव्वतको जोङखाबाट त्यहाँको स्थानीय व्यापारीले ल्याईदिन्छन तर भुक्तानी भने पहिले नै गर्नुपर्नेछ ।’
५० लाख लगानीमा ५० वटा भेडा र १ सय ८० वटा च्याङ्ग्रा आएका हुन् ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1