शिक्षाका लागि यूके पुगेकि सदिक्षा तामाङको निधन भएको छ । अध्ययनको लागी करिव ५ महिना अघि युके पुगेकी तामाङको निमोनियाको उपचारकै क्रममा मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा बुधबार निधन भएको हो ।
सदिक्षा गत २६ डिसेम्बर २०२२ मा बेलायत गएकी थिइन् । ॠण जोरजाम गरी झन्डै २० लाख खर्चेर बेलायत आएकी सदिच्छाले अकालमै ज्यान गुमाउनु परेको छ ।
२०५८ साल चैत ३ मा दोलखामा जन्मिएकी सदिच्छा शैलुङ रिग्सुम गुम्बा सेवा समाजका महासचिव कृष्ण कुमार थोकरका छोरी हुन् ।
परिवारिक स्रोतका अनुसार उनको शव नेपालमै ल्याएर बाैद्ध धार्मिक परम्परा अनुसार दहासस्कार गर्ने बताइएको छ ।
सदिक्षाको पार्थीव शरीर नेपाल पठाउने तयारी भैरहेको गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1